दफा १५
सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार
(१) अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवा लगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधाहरूमा सहज पहुँचको अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न निशुल्क कानूनी सहायताको अधिकार हुनेछ ।